Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महिनौँसम्म तलब नपाएपछि विपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी धर्नामा

चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी तीन महिनादेखिको तलब खान नपाएको भन्दै आन्दोलित भएका छन् ।

वैशाखदेखिको कर्मचारीलाई तलब उपलब्ध नगराएको भन्दै उनीहरुले आज केहीबेर प्रशासन घेराउ गरेका छन् ।

कार्यकारी निर्देशक नियुक्ति नहुनु, कर्मचारीले तलब नपाउनु, फार्मेसीमा औषधिको अभाव भएकाले विरामीको उपचारमा समस्या देखिएको भन्दै धर्ना दिएका हुन् ।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।

बोर्डमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान रहेतापनि कार्यकारी निर्देशकसहित सदस्यहरुको नियुक्ति नै हुन नसक्दा बोर्डमा ६ जना सदस्य रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077