Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

हिरासतबाट भागेका थुनुवा भारत छिर्नुअघि पक्राउ

हिरासतबाट भागेका थुनुवा भारत छिर्नुअघि पक्राउ

बिहिवार , आषाढ २५, २०८३

धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट भागेका थुनुवा पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ का ३१ वर्षीय संजय नगार्जी रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले केही समय अघि टीकापुर नगरपालिका ४ अस्नेरीबाट भातरतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनी आफै भेष बदलेर मोटरसाइकल चलाएर भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनी लागुऔषध मुद्दामा थुनुवामा थिए । सोही क्रममा डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीको आँखा छल्दै भागेका थिए ।

उनी भागेको घटनामा जिल्ला प्रहरी कार्यालय कैलालीले डीएसपी तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिले प्रहरी जवान भण्डारीलाई निलम्बन गरेर छानविन गरिरहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077