Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री गुरूङका कारण सभापति लामिछाने र प्रधानमन्त्री शाहमाथि नैतिक संकट

गृहमन्त्री गुरूङका कारण सभापति लामिछाने र प्रधानमन्त्री शाहमाथि नैतिक संकट

श्रममन्त्री साह प्रकरण दोहोरिएला ?

सोमवार , बैशाख ७, २०८३

काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा परेका छन् ।

पार्टीभित्र र बाहिरबाट गृहमन्त्रीको राजीनामा माग भइरहेका बेला पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’माथि नैतिक संकट पैदा भएको छ ।

आठ पटकसम्म बैठकमा अनुपस्थित भएर कारबाहीमा परेकी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा पुनः फर्काउन दबाब दिंदा श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरिएको थियो । 

रास्वपा सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

लगत्तै प्रधानमन्त्री शाहले श्रम मन्त्री साहलाई पदमुक्त गरेका थिए । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार रहेको अवस्थामा अब सभापति लामिछाने र प्रधानमन्त्री शाहले गुरुङलाई फिर्ता बोलाउँछन् कि बोलाउँदैनन् ? त्यो भने समयले नै बताउला ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी भट्टसम्बद्ध  कम्पनी स्टार माइक्रो इन्स्योरेन्समा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियो ।

त्यसपछि गृहमन्त्री गुरुङको चौतर्फी आलोचना भइरहेको छ । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा नै दिनुपर्ने माग सत्तारूढ रास्वपा भित्रै उठ्न थालेको छ । 

चौतर्फी रुपमा विवाद भएपछि उनी गएराती पार्टी सभापति रवि लामिछानेलाई भेट्न पुगेको खुलेको छ । 

राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बुढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेको स्रोतको दावी छ । उनले करिव २ घण्टा लामिछानेकहाँ विताएको स्रोतले बतायो । 

भेटमा मन्त्री गुरुङले राजीनामाको दबाब मत्थर पार्ने आग्रह गरेका थिए । तर, सभापति लामिछानेले भने सोमबार पनि पार्टीको बैठक जारी रहेकाले आफ्नो कुरा बैठकमै राख्न सुझाव दिएको स्रोतको दावी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077