Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एलन मस्क फेरि भए विश्वको धनी व्यक्ति

एजेन्सी । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।

ब्लुमबर्गको रिपोर्ट अनुसार मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर छ।

यसअघि विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा रहेका चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सीईओ)बर्नार्ड अर्नाल्टको सम्पत्ति मस्कको भन्दा कम छ । अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ।

ब्लूमबर्गका अनुसार डिसेम्बरमा मस्कलाई उछिनेका फ्रान्सेली अर्बपति अर्नाल्टको स्टकमा गिरावट आएपछि सम्पत्ति घटेको हो।

यसअघि मस्क विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077