Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद र क्रिप्टो मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४७ वर्षीय तारालाल विश्वकर्मा र ५० वर्षीय होमबहादुर केसी रहेका छन् । 

उनीहरूलाई काठमाडौंको लाजिम्पाटस्थित एक बारबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उक्त स्थानमा क्रिप्टो मुद्रा (अभौतिक मुद्रा) कारोबार भइरहेको भन्ने सूचना पाएपछि दरबारमार्ग प्रहरी वृत्तको टोलीले छापा मारेको थियो ।

छापाका क्रममा विश्वकर्माको झोलाबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद, ४० अमेरिकी डलर र रकम नलेखिएको तर हस्ताक्षर गरिएको चार वटा चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विश्वकर्माले प्रयोग गरेको मोबाइल जाँच गर्दा वाइनान्स एपमार्फत करिब २,००० यूएसडीटी बराबरको क्रिप्टो कारोबार भएको देखिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको छ । यसका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077