Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लमहीमा गोली चल्यो, एक जना घाइते

लमहीमा गोली चल्यो, एक जना घाइते

शनिवार , मंसिर २०, २०८२

दाङ । दाङको लमहीमा गोली चलेको छ ।

लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेको सुनचाँदी पसलमा रा १ प २६३९ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएका हुन् ।

सो क्रममा पसलमा काम गर्ने १८ वर्षिय दिपक सुनार घाइते भएका छन् ।

जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077