Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

काम नलाग्ने, अटेर सचिव मेरो मन्त्रालयमा नपठाउनु: मन्त्री पुन

काम नलाग्ने, अटेर सचिव मेरो मन्त्रालयमा नपठाउनु: मन्त्री पुन

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल बजेटको एक प्रतिशत रकम विनियोजन गरेको छ । 

बिहीबार प्रतिनिधि सभामा मन्त्रालयको विनियोजित बजेटबारे सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा मन्त्री महावीर पुनले यसको रकम चार अर्ब रहेको जानकारी दिएका हुन् ।

पुनले भने- 'बजेट चार अर्ब जति रुपैयाँ छ । चार अर्ब जुन छुट्याइएको छ । यसमा पनि साढे तीन अर्ब अबन्डामा छ।'

नयाँ मन्त्रालय भएकोले नयाँ कार्यक्रम बनाउनुपर्ने भएकाले यसो गर्नुपरेको उनले बताए ।

यसैगरी मन्त्री पुनले सांसदलाई अहिले शून्यबाट काम सुरु गर्नु परिरहेको बताउँदै नवप्रवर्तन र आविस्कारका लागि कानुन बनाउनका लागि सहयोग गर्न सहयोग गर्न अनुरोध गरेका छन्। 

यस्तै पुनले आफ्नो मन्त्रालयमा राम्रो सचिव पठाउन पनि आग्रह गरेका छन् ।

उनले थप भने- 'सचिवहरू एकदम तखडा आउनुपर्छ । कुनै मन्त्रालयमा काम नलाग्ने, अटेर सचिवलाई त्यहाँ पठाउने होइन।' 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077