Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यादेशको पक्षमा सांसद पुन, भने- कु विद्वानहरूले किचकिच नगरौँ

अध्यादेशको पक्षमा सांसद पुन, भने- कु विद्वानहरूले किचकिच नगरौँ

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । संसद् छलेर अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला स्वतन्त्र सांसद महावीर पुन भने अध्यादेशको पक्षमा उभिएका छन् । 

पूर्वमन्त्री समेत रहेका पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो भनेका हुन् । 

पुनले सरकारलाई काम गर्न दिन र किचकिच नगर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् ।

'सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ । कु विद्वानहरूले किचकिच नगरौँ । मैले धेरै वर्षअगाडिदेखि जनताहरूलाई फाइदा हुने कामहरू गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अलमल्याउँदा धेरै दुःख पाएको भुक्तभोगी म हुँ । जेनजी आन्दोलनपछि शिक्षामन्त्री हुँदा मैले गर्न खोजेको धेरै कामहरू ऐन-कानुन देखाएर नै कर्मचारीहरूले अगाडि बढाउन दिएनन् । साथै मैले ल्याउन खोजेको तीनवटा अध्यादेशहरू ल्याउन धेरै प्रयासका बाबजुद पनि सफल हुन दिएनन् । अनि चुनाव लडेर सांसद भएको हो नि । कुरा बुझ्नु भो ?,' उनले भनेका छन् ।

केहिदिन यता संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

जसको विरोध गर्दै हिजै चार विपक्षी दलहरूले अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

यता सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ ।

यसैबीच सांसद पुन पनि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी बहन गरिरहँदा विभिन्न ऐन–कानुनका कारण  बढ्न नसकेको कुरा स्मरण गर्दै अध्यादेशको पक्षमा उभिएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077