काठमाडौं । इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ ।
खास गरी ती सेवाप्रदायकको आय निरन्तर रूपमा घट्दै गइरहेकाले यस्तो जोखिमको सम्भावना देखिएको नियामकको निष्कर्ष छ ।
एकातिर अत्यधिक करका कारण बढिरहेको सञ्चालन खर्च र अर्कातिर सेवाको मूल्य प्रभावित हुँदा भ्वाइस सेवाप्रदायकको भविष्यप्रति नियामकले चुनौती देखेको हो ।
प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले व्यवसाय बन्द हुने सम्भावना कम गर्न नियामकीय उपकरण प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ ।
‘सेवाप्रदायकको आयको स्तर कायम गर्दै आगामी दिनमा सञ्चालन आयमा वृद्धि गर्ने नियामकीय उपकरण प्रयोगमा ल्याउनुपर्ने’ प्रतिवेदनमा उल्लेख छ । गोरखापत्रबाट