Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, शपथ आजै

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, शपथ आजै

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यद्यपि, सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा उक्त नियुक्तिबारे जानकारी गराएका थिएनन्।

यसअघि अध्यादेशमार्फत तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरेले प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

त्यसअघि उनी प्राधिकरणमै आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण महाशाखामा प्रमुखको भूमिका थिए । 

मन्त्रिपरिषद्को निर्णयसँगै उनी स्थायी रूपमा अध्यक्ष नियुक्त भएका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार घिमिरेलाई केहीबेरमै मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराइने तयारी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077