Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा बन्द

राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा बन्द

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । लगातारको वर्षा र थप वर्षाको पूर्वानुमानका कारण नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, चितवनले आइतबार साँझ सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्ला र चितवनका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले रातिको समयमा यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै सडक बन्द गर्ने निर्णय गरिएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको उल्लेख छ।

जिल्ला सुरक्षा समिति, चितवनले यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अत्यावश्यक जानकारी, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077