Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

खोटाङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

खोटाङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

आइतवार , श्रावण ३, २०८३

खोटाङ । खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।

वडाध्यक्ष माधव राईका अनुसार आफन्तको घरमा गएकी शान्ता राई घर फर्किने क्रममा स्थानीय छाँगे खोलाले बगाएकी थिइन्। ढिला भएपछि खोजी गर्दा उनको शव खोलामा फेला परेको हो।

यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

खोजीका क्रममा परियारको शव घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077