काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो साताको अन्तिम कारोबारको दिन भने २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।
चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।