Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४० रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३५ पैसा र बिक्रीदर २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १३ पैसा कायम गरेको छ । 

बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ र ९९ पैसा बिक्रीदर ४०६ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९८ रुपैयाँ १६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077