Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

मंगलवार , बैशाख २९, २०८३

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छन् । 

जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पर्वत जिल्लाबाट अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न गएको दर्शनार्थी सवार  ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा २५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेका छन् ।

उद्धार गरी केही घाइतेहरूलाई जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाउने काम भइरहेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077