Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

'१६ जना घाइतेको उद्धार'

शुक्रवार , आषाढ १९, २०८३

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । 

शुक्रबार दिउँसो धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

प्रहरीका अनुसार, अहिले सम्म १६ जना घाइतेको उद्धार गरिएको छ ।

बसमा कति जना सवार थिए भन्ने यकिन छैन । अहिले उद्धार कार्य जारी रहेको छ ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। 

 

 

 

 


दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077