Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, पाँचजना घाइते

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, पाँचजना घाइते

बुधवार , आषाढ २४, २०८३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुबाहक बसको स्टेयरिङको टाइ–रड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको हो ।

बसमा चालकसहित १६ जना सवार थिए। दुर्घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर पाँच जना घाइतेको उद्धार गरी मनहरी अस्पताल पुर्‍याएको थियो।

सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077