Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमा ८७ दिनपछि इन्टरनेट खुल्यो, डिजिटल ब्ल्याकआउट अन्त्य !

इरानमा ८७ दिनपछि इन्टरनेट खुल्यो, डिजिटल ब्ल्याकआउट अन्त्य !

मंगलवार , जेठ १२, २०८३

एजेन्सी । करिब तीन महिनादेखि विश्वव्यापी इन्टरनेट सञ्जालबाट लगभग अलग बनेको इरानमा अन्ततः डिजिटल ब्ल्याकआउट अन्त्य हुने भएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले देशभर अन्तर्राष्ट्रिय इन्टरनेट पहुँच पुनः सञ्चालन गर्न आदेश दिएका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार ८७ दिनदेखि लागू कडा इन्टरनेट प्रतिबन्ध हटाउने निर्णय बहुमतका आधारमा पारित गरिएको हो । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट ‘फार्स न्युज एजेन्सी’का अनुसार सोमबार बसेको बैठकमा इन्टरनेट सेवा पुनर्बहालीसम्बन्धी प्रस्ताव पक्षमा ९ र विपक्षमा ३ मतसहित स्वीकृत भएको थियो ।

इरानमा लामो समयदेखि जारी विरोध प्रदर्शन, क्षेत्रीय तनाव तथा साइबर सुरक्षासम्बन्धी चुनौतीका कारण सरकारले विश्वव्यापी इन्टरनेट पहुँचमा कडा नियन्त्रण लगाएको थियो ।

विशेषगरी फेब्रुअरी २८ पछि अमेरिका–इजरायलसँगको तनाव चुलिँदै गएपछि अधिकांश डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा अनलाइन सेवाहरू सर्वसाधारणका लागि लगभग बन्दजस्तै बनेका थिए ।

यो प्रतिबन्धका कारण व्यापार, बैंकिङ, शिक्षा, सञ्चार र डिजिटल सेवामा व्यापक असर परेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077