Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

युद्धविराम अवधिभर होर्मुज नाका खुला गर्ने इरानको घोषणा

युद्धविराम अवधिभर होर्मुज नाका खुला गर्ने इरानको घोषणा

शुक्रवार , बैशाख ४, २०८३

एजेन्सी । इरानले युद्धविराम अवधिभर होर्मुज जलडमरू पूर्ण रूपमा खुला राख्ने घोषणा गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा लागू भएको १० दिने युद्धविराम अवधिभर उक्त सामुद्रिक मार्गबाट व्यावसायिक जहाजहरूलाई निर्बाध आवतजावत गर्न अनुमति दिइएको जानकारी दिएका हुन्।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले भनेका छन्, 'युद्धविरामको बाँकी अवधिसम्म होर्मुज जलडमरू हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमन पूर्ण रूपमा खुला रहनेछ।'

उनका अनुसार, जहाजहरूको आवागमन इरान इस्लामिक गणतन्त्रको बन्दरगाह तथा समुद्री संगठन ले पूर्वनिर्धारित गरेको समन्वित मार्गअनुसार सञ्चालन गरिनेछ।

यो घोषणासँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा सहजता आउने र पछिल्लो समय देखिएको इन्धन संकट कम हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077