Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

गगन थापाले हामीप्रति गरेको व्यवहार कुनै दुस्मनको भन्दा कम थिएन, म क्षमा गर्न सक्दिनँ : रमेश प्रसाईं

गगन थापाले हामीप्रति गरेको व्यवहार कुनै दुस्मनको भन्दा कम थिएन, म क्षमा गर्न सक्दिनँ : रमेश प्रसाईं

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता रमेश प्रसाईँले आफ्नो पार्टी सभापति रवि लामिछानेले महाधिवेशनमा कांग्रेस सभापति गगन थापालाई बोलाएर उच्च राजनीतिक चरित्र प्रदर्शन गरेको बताएका छन् । 

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको लडाइँ गगन, विश्वप्रकाश पुस्तासँग नभएको बताए।

उनले भने–‘गगन थापालाई आमन्त्रण गरेर हाम्रो पार्टी सभापतिले र महाधिवेशनमा सहभागी भएर गगन थापाले उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुभयो । उहाँले हामी तपाईँहरूको दुस्मन होइन भन्नुभयो । तर गगन थापा, विश्वप्रकाशहरूको पुस्तासँग हाम्रो लडाइँ छँदै थिएन ।’

उनले आफूहरूको राजनीतिमा पुस्तान्तरणको अभियानमा गगन थापाले देखाएको व्यवहारप्रति आक्रोश पोखे ।

उनले भने–‘पुरानो प्रवृत्तिविरुद्ध हामी लड्दै गर्दा गगन थापाहरूको तर्फबाट हामीप्रति जुन व्यवहार भयो, त्यो कुनै दुस्मनको भन्दा कम थिएन । तर, मेरो पार्टी सभापतिले असाध्यै विशाल हृदय राखेर हाम्रा वैमानस्यताहरू आजैको दिन देखि अन्त्य हुनुपर्छ । राष्ट्रिय मुद्दामा सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । यति ठूलो हृदय रवि लामिछानेसँग मात्रै छ, म त्यति महान् छैन म साधारण व्यक्ति हुँ । म गगन थापालाई व्यक्तिगत रूपमा आज पनि क्षमा गर्न सक्दिनँ ।’

पत्रकारहरुसँग उनले भ्रष्टाचार, परिवारवादविरुद्ध पार्टी र सरकार निर्मम ढङ्गले अघि बढ्ने बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077