काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ।
मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक बसिरहेको हो।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलेओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।
बैठकमा संसद्मा पार्टीको आगामी भूमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कन्द्रीत रहेर छलफल हुने बताइएको छ ।
विशेषगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको पछिल्लो घटनाक्रमका सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीति तयार पार्ने कार्यसूची रहेको छ ।
सोमबार पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।
यपक्राउपछि सोमबार राती नै काठमाडौंका लागि हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्याइएको छ ।
यस्तै संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठक समेत आह्वान गरिएको छ ।
उक्त बैठकले संसदीय दलको छलफल र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे थप निर्णय लिने जनाइएको छ ।