Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाँके–३ मा रास्वपाका खगेन्द्र विजयी, एमालेका सुमन पराजित

बाँके–३ मा रास्वपाका खगेन्द्र विजयी, एमालेका सुमन पराजित

शनिवार , फाल्गुण २३, २०८२

 

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन्। सुनारले मल्ललाई ९ हजार ९३६ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७७४ मत प्राप्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077