Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बालेनको अभिव्यक्तिको बचाउ गर्दै खगेन्द्र सुनारले भने - भारत नभएको भए नेपाली जनता भोकै मर्थे

बालेनको अभिव्यक्तिको बचाउ गर्दै खगेन्द्र सुनारले भने - भारत नभएको भए नेपाली जनता भोकै मर्थे

सोमवार , जेठ १८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिको बचाउ गर्दै भारतको भूमिका नभएको भए नेपालका धेरै क्षेत्र भोकमरीको जोखिममा पर्ने अवस्था हुने बताएका छन्।

राष्ट्रिय दलित पत्रकार संघद्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद सुनारले नेपाल–भारत सम्बन्धलाई सीमित सीमा विवादका दृष्टिले मात्र नहेर्नुपर्ने धारणा राखे ।

उनले भारतमा रोजगारीका अवसर नभएको भए कर्णाली र सुदूरपश्चिमका धेरै नागरिकको जीवनयापन कठिन हुने दाबी गरे ।

'नेपालका लाखौँ गरिब, दलित तथा उपेक्षित वर्ग अहिले भारतमा काम गरेर जीविका चलाइरहेका छन्,' उनले भने, 'यदि भारत नभएको भए कर्णाली र सुदूरपश्चिमका धेरै मानिस भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्थ्यो।”

प्रधानमन्त्री बालेन शाहले हालै संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन्। उनीहरूले उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै राजीनामासमेत माग गरेका छन्।

यसै सन्दर्भमा सांसद सुनारले बालेनको समर्थन गर्दै सीमा विवादलाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गरे। उनले नेपाल–भारतबीचको दशगजा क्षेत्रमा दुवै देशले भोगचलन गर्दै आएको अवस्थालाई जोडेर विवाद सिर्जना गरिएको तर्क गरे।

उनले कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय ऐतिहासिक रूपमा उठ्दै आएको उल्लेख गरे पनि वर्तमान बहसलाई गलत ढंगले व्याख्या गरिएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077