Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

अख्तियारले हिजो नै महानिर्देशक अर्याललाई बालुवाटारबाट पक्राउ गरेको स्रोतको दावी छ । 

स्रोतका अनुसार अर्याललाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइमा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न बालुवाटार बोलाएको थियो। 

राहदानी विभागका महानिर्देशक अर्यालअघि प्रधानमन्त्री कार्यालयले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग पनि सोही विषयमा छलफल गरेको थियो। 

त्यसलगत्तै छलफलका लागि बालुवाटार पुगेका अर्याललाई त्यहीबाट पक्राउ गरिएको हो । अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि पक्राउ परेको स्रोतले बताएको छ । थापा राष्ट्रियसभा सदस्य सुनिल थापाका छोरा हुन् ।

अख्तियार सम्बद्ध स्रोतका अनुसार राहदानी खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीहरु पक्राउ परेका हुन् । 

अहिले राहदानी छपाइका लागि टेण्डर पाएको पुरानो कम्पनीसँग सम्झौता अवधि सकिएको छ। अहिले दुईवटा जर्मन कम्पनीहरू मुलबाउर र भेरिडोस क‍म्पनीले राहदानी छपाइको लागि टेण्डर पाएका छन् । 

राहदानी विभागले झण्डै ६४ लाख इ–पासपोर्ट छपाईका लागि दुईवटा कम्पनीलाई दिएको साढे ७ अर्ब रुपियाँभन्दा बढिको ठेक्का विवादमा परेको छ । 

यसअघि पासपोर्ट टेण्डरको एउटा मात्रै प्याकेज हुने गरेकोमा गत वर्षको साउनमा तत्कालिन सत्तारुढ दल एमाले र काग्रेस दुबै निकटका ठेकेदारलाई भाग पु¥याउन एउटै टेण्डरलाई ट्क्र्याएर दुईवटा प्याकेज बनाई ठेक्कामा दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077