Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीमा फेरिँदै सत्ता नेतृत्व, शाहीलाई मुख्यमन्त्री बनाउने तयारी

कर्णालीमा फेरिँदै सत्ता नेतृत्व, शाहीलाई मुख्यमन्त्री बनाउने तयारी

मंगलवार , बैशाख २९, २०८३

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व अब नेपाली कांग्रेसले गर्ने लगभग निश्चित भएको छ ।

सत्ता साझेदार दलहरूबीच भएको आलोपालो सहमतिअनुसार कांग्रेसले पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई पुनः मुख्यमन्त्री बनाउने तयारी थालेको हो ।

हाल कर्णालीमा यामलाल कँडेल नेतृत्वको सरकार सञ्चालनमा छ । उनी कांग्रेसकै समर्थनमा मुख्यमन्त्री बनेका थिए। अब सहमतिअनुसार नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्नुपर्ने भन्दै कांग्रेसले औपचारिक रूपमा दाबी अघि सारेको छ।

सुर्खेतमा सम्पन्न कांग्रेसको दुई दिने प्रदेशस्तरीय भेलामा पनि सरकार परिवर्तनको विषय मुख्य एजेन्डा बनेको थियो। भेलाको उद्घाटन गर्दै कांग्रेस महामन्त्री गगन थापाले कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने समय आएको संकेत गरेका थिए।

भेला सकेर मंगलबार काठमाडौं फर्किने क्रममा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि तयार रहन सार्वजनिक रूपमा आग्रह गरे।

‘कर्णालीको नेतृत्व कांग्रेसले गर्ने हो, अब तयार हुनुस् जीवन दाइ,’ शर्माले भने। त्यतिबेला कांग्रेस कर्णाली सभापति ललितजंग शाही र संसदीय दलका नेता जीवनबहादुर शाहीसँगै उपस्थित थिए।

शर्मा नेतृत्व परिवर्तन अब धेरै पर नधकेलिने संकेत गर्दै कांग्रेस–एमालेबीच भएको सहमति कार्यान्वयनको चरणमा पुगेको बताए।

उनले काठमाडौं फर्किएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अन्तिम निर्णय गरिने जानकारी पनि दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077