Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज आउँदै

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज आउँदै

बुधवार , जेठ २०, २०८३

कर्णाली । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज दिउँसो ३ः०० बजे प्रस्तुत गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३/८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले यसबारे जानकारी दिएका हुन्।

मंगलवारको बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिको लागि आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरणका लागि चार करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहमा अख्तियारी प्रदानका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077