Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीमा मन्त्रालयको संख्या घटाइयो, एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती

कर्णालीमा मन्त्रालयको संख्या घटाइयो, एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती

सोमवार , मंसिर १, २०८२

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ ।

सोमबार बसेको क्याविनेटले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने निर्णय गरेको हो ।

जसअनुसार अब कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या ७ वटा मात्र रहनेछन् ।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्षेत्र रहेका काम अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेगरी कार्यविभाजन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

कर्णालीको मन्त्रालयबारे निर्णय गर्न लक्ष्मण अर्यालको नेतृत्वमा ‘उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरिएको थियो ।

सोही समितिको सिफारिसका आधारमा मन्त्रालयको संख्या कटौती गरिएको प्रवक्ता शाहले बताए ।

उक्त समितिले मन्त्रालयको संख्या ६ वटामा झार्ने र निर्देशनालय तथा कार्यालय खारेज गर्न साथै कर्मचारी दरबन्दीलाई २५ सयमा सीमित गर्न समेत प्रस्ताव भएको थियो ।

मन्त्री शाहका अनुसार हाल कार्यरत कर्मचारीको स्वीकृती कटौती नहुने गरी दरबन्दी मिलान गरिएको छ । जसअनुसार एक प्रदेशसचिवसहित २५ जना कर्मचारीको दरबन्दी समेत कटौती गरिएको छ । दुवै मन्त्रालयमा गरी कर्मचरीको दरबन्दी हाल १०१ रहेकोमा ७६ जनाको मात्रै दरबन्दी कायम गरिएको हो ।

मन्त्रालय गाभ्ने निर्णयले चालू तथा प्रशासनिक खर्चबापत करिब ३ करोड वार्षिक खर्च कटौती हुने छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077