Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वनमन्त्री गीता चौधरी भन्छिन्- नेपालका जडिबुटीलाई सदुपयोग गर्न जानेनौँ

वनमन्त्री गीता चौधरी भन्छिन्- नेपालका जडिबुटीलाई सदुपयोग गर्न जानेनौँ

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीलाई उपयोग गर्नै नसकेको बताएकी छिन्।

आइतबार वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सीमित राखिएको बताएकी हुन् ।

'नेपालमा पाइने जडिबुटीबाट औषधीय उत्पादनहरुको ठूलो सम्भावना छ तर हामीले अझै प्रारम्भिक चरणमा सीमित राखेका छोँ। विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानहरूसँग सहकार्य गरी कम्तीमा प्रि क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ,' मन्त्री चौधरीले भनिन्।

उनले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन् । उनकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईमा पुर्‍याउन सहयोग पुग्नेछ । उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन् ।

यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाई छ । अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरिन् ।

उनले थप भनिन्- 'विभागले तयार गरेका विभिन्न फर्मुलाहरुलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यवसायिक उत्पादनमा लैजान सकिन्छ । यसले देशको राजश्व वृद्धिमा मात्रै होइन, स्वदेशमा नै उद्योग स्थापना र रोजगारी सिर्जना पनि योगदान पुर्‍याउँछ ।'

वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077