Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

केन्द्रीय कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

केन्द्रीय कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक  कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योञ्जन (रमन) रहेका छन् ।

प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथ देवल सुन्धाराबाट फरार भएका थिए । 

उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए ।

फरार भएपछि उनको खोजतलास जारी रहेको थियो । सोही क्रममा गत शुक्रबार साँझ उनलाई सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077