काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार लागु औषध मुद्दाका कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने ३५ वर्षीय मनिष राज श्रेष्ठ रहेका छन् ।
गत असार २२ देखि केन्द्रिय कारागार कार्यालय जगन्नाथ देवल, सुन्धारामा १० वर्षको कैद भुक्तान गरिरहेका थिए।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए ।
त्यसयता काठमाडौं उपत्यकामा लुकीछिपी बसिरहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) को टोलीले चैत २ गते राति ठमेलबाट पक्राउ गरेको हो ।
श्रेष्ठलाई पक्राउ गरी पुनः कारागार कार्यालय जगन्नाथ देवल, सुन्धारामा बुझाएको छ।