सिरहा। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंबाट फरार एक कैदी सिरहामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ७ मरेरवा बस्ने ३८ वर्षीय अंजनी कुशवाहा रहेका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीको संयुक्त टोलीले कुशवाहालाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कुशवाहा भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए ।
पक्राउ परेका कुशवाहालाई सम्बन्धित कारागारमा बुझाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।