Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नख्खु कारागारबाट फरार एक कैदी सानेपाबाट पक्राउ

नख्खु कारागारबाट फरार एक कैदी सानेपाबाट पक्राउ

शनिवार , बैशाख ५, २०८३

ललितपुर। जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदी पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा फरार भएका शनिबार पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका ५ स्थायी घर भई हाल काठमाडौंको सुकेधारा बस्दै आएका २५ वर्षीय प्रकाश मगर रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मगरलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका ३‚ सानेपामा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनःनख्खु कारागारमा बुझाइएको  छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077