Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डा. गोविन्द केसीले तोडे अनसन

धनगढी। सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा.गोविन्द केसीले अनशन तोडेका छन् ।

केसीलाई रेनुका चौधरी र अञ्जली नेपालीले पानी खुवाएर अनशन तोडेका हुन्। उनी शुक्रबारदेखि अनशन बसेका थिए ।

गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।

उनको यो सम्भवत अहिलेसम्मकै छोटो अनशन हो । यसअघि पनि पटकपटक अनशन बस्दै आएका केसी अहिले भने तीन दिनमै पछि हटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077