Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

ई–पासपोर्ट खरिद प्रकरणबारे खुस्बु ओलीले भनिन्–अदालतमा विचाराधीन मुद्दामा मिडिया ट्रायल उचित होइन

ई–पासपोर्ट खरिद प्रकरणबारे खुस्बु ओलीले भनिन्–अदालतमा विचाराधीन मुद्दामा मिडिया ट्रायल उचित होइन

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले विद्युतीय राहदानी सम्बन्धी अदालतमा विचाराधीन विषयमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छन् ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा ओलीले प्राप्त तथ्य र व्यक्तिगत अध्ययनका क्रममा भेटिएका विवरणहरूबीच ठूलो भिन्नता देखिएको उल्लेख गरिन् । 

उनले अपूर्ण र तथ्यहीन कागजातका आधारमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले छलफल गर्नु वा अभिव्यक्ति दिनु न्यायोचित नहुने तर्क गरिन् ।

संवेदनशील विषयमा स्वविवेक प्रयोग गर्नुपर्नेमा जोड दिँदै मिडियामा आउने ‘बाइट’ हरूले जनमानसमा भ्रम सिर्जना गर्न सक्नेप्रति सचेत रहन आग्रह गरिन् ।

उनले भनिन्–‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा हामीजस्तो जिम्मेवारीमा बसेका व्यक्तिहरूले मिडिया ट्रायल भइरहेका विषयमा गम्भीर अध्ययन नगरी धारणा राख्नु उचित हुँदैन ।’

प्रमुख सचेतक ओलीले विचाराधीन मुद्दाका सम्बन्धमा भइरहेको वर्तमान प्रक्रियालाई तत्काल रोक्न सभापतिको ध्यानाकर्षण समेत गराइन् ।

उजुरीका आधारमा मात्र छलफल गर्नुभन्दा आधिकारिक दस्ताबेजहरूको अध्ययन गरी अदालतको फैसला आएपछि मात्रै यस विषयमा थप धारणा सार्वजनिक गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

यो विषयमा लेखा समितिमा उजुरी परेको थियो । त्यसआधारमा समितिले छलफल राखेको हो । छलफलका क्रममा केही सांसदहरुले ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि र भ्रष्टाचारको आशंकालाई लिएर सरकारको आलोचना गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077