Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न-पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण होइन ?

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न-पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण होइन ?

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरूङलाई लक्षित गरी जेनजी आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको बताएका छन्।

गृहमन्त्रीले यसअघिको बैठकमा संसदलाई संबोधन गर्दै मुगुका गणेश नेपाली आत्मदाहपछि मृत्यु घटनाबारे राजनीतिकरण गर्न खोजेको भन्दै विपक्षी दलहरूलाई कटाक्ष गरेका थिए।

यसतर्फ लक्षित गर्दै आजको प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद शाहीले आफूहरूले जनतालाई उद्धार गर भन्नु राजनीतिकरण नहुने बरू पानी बाँड्न गएको व्यक्ति राज्यसत्तामा पुग्नु राजनीतिकरण हुने बताए । 

जेनजी आन्दोलनका क्रममा सुधन गुरुङले आफू त पानी बाँड्न आएको भन्दै मिडियामा बताएका थिए । 

उनले भने–‘मानिसले आत्महत्या किन गर्नुपर्‍यो ? कर्णालीको भिरमा रहेका नागरिकको समयमा उद्धार हुन नपाएर किन मर्न बाध्य भए, समयमै किन हेलिकप्टर पठाइएन भनेर हामी सोध्छौं तब गृहमन्त्रीले जबाफ दिनुहुन्छ–यसलाई राजनीतिकरण गरियो भन्नुहुन्छ। वास्तविक राजनीतिकरण के हो भने पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ, भिरमा अड्केको मानिसलाई उद्धार गर भन्नु राजनीतिकरण होइन।’

‘संसद भवन चाहिँदैन भनेर आगो लगाउनेहरू पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ ।’ शाहिले थप भने ।

शाहिले अगाडि भने–‘आफू पदमा नहुँदा नेताका तलब हटाउनुपर्छ, अघिपछि गाडी र सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, आफू पदमा पुगेपछि अघिपछि सुरक्षाकर्मीको लावलस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ । आफै सरकारमा बस्ने, आफ्ना कार्यकर्ता लगाएर प्रतिपक्षी नेताका घरअघि र मिडियाका कार्यालयअघि पार्किङ गराउने र त्यसको भिडिओ बनाएर सर्वसाधारणले गरेको भन्नेलाई राजनीतिकरण भनिन्छ।’

कर्णालीका भिरमा अड्केका मानिसलाई उद्धार गर भन्दा डनगिरी देखाइएको बताउँदै उनले भने–‘पछि संसदको रोस्ट्रममा उभिएर रोएको अभिनय र नाटक गर्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ ।’

कानून सबैका लागि बराबर हुनुपर्ने बताउँदै उनले ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिटबेल्टबिनै सवारी साधन चलाएका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही हुनुपर्ने उनको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077