Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

संसद् बैठक दुई साताका लागि स्थगित, अब साउन १४ गते मात्रै बस्ने

संसद् बैठक दुई साताका लागि स्थगित, अब साउन १४ गते मात्रै बस्ने

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । संसद्को अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्नेछ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची (बिजनेस) अभावका कारण बैठक दुई साताका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।

बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले सरकारले संसद्मा प्रस्तुत गर्नुपर्ने आवश्यक विधेयक तथा अन्य कार्यसूची उपलब्ध नगराएकाले तत्काल बैठक सञ्चालन गर्न पर्याप्त बिजनेस नभएको बताएका थिए।

त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूले बैठक दुई साताका लागि स्थगित गर्ने प्रस्तावमा सहमति जनाएका थिए।

सरकारबाट पर्याप्त विधेयक र अन्य संसदीय कार्यसूची नआएपछि प्रतिनिधि सभाको नियमित बैठक नै दुई सातासम्म रोकिएको हो। अब संसद्को अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने गरी तय गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077