Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

वार्ता छाडेर निकुञ्जतिर गृहमन्त्री, निजगढमा रोकिएका मिटरब्याज पीडित आक्रोशित

वार्ता छाडेर निकुञ्जतिर गृहमन्त्री, निजगढमा रोकिएका मिटरब्याज पीडित आक्रोशित

बुधवार , आषाढ ३१, २०८३

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूले गृहमन्त्री सुधन गुरुङसँगको वार्ता निष्कर्षमा नपुगेपछि आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन् ।

गृहमन्त्री गुरुङले मंगलबार बाराको निजगढ पुगेर पीडितसँग भेटघाट तथा छलफल गरेका थिए। छलफलका क्रममा उनले समस्या समाधानका लागि थप संवाद आवश्यक रहेको भन्दै बुधबार पुनः भेट्ने आश्वासन दिएका थिए। तर बुधबार उनी निजगढ नफर्किएपछि पीडितहरू निराश बनेका छन् ।

बुधबार बिहानदेखि नै पीडितहरू निजगढमा चर्को घाम र टिनको छानामुनि गृहमन्त्रीको प्रतीक्षामा बसेका थिए । यता गृहमन्त्री भने पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका नहरको अवलोकन कार्यक्रममा व्यस्त छन् ।

गृहमन्त्री गुरुङले बुधबार वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका जगदम्बा स्टिल र हुलास उद्योग लगायतका विभिन्न उद्योगहरूको अनुगमन गरेका छन् । त्यसैगरी, उनले सिमरा भएर बग्ने सिर्सिया खोलाको जितपुरस्थित ‘लालका पुल’ नजिकै पुगेर स्थलगत निरीक्षण समेत गरे ।

गृहमन्त्री नआएपछि काठमाडौंतर्फ अघि बढ्न खोजेका पीडितलाई प्रहरीले निजगढमै रोकेको छ । त्यसपछि आन्दोलनको आगामी रणनीतिबारे पीडितहरू छलफलमा जुटेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077