काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि निगमले उपभोक्ताले तिर्दै आएको मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।
निगम सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो । यो निर्णय असार ३२ गते बिहान १२ः०१ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेकाले स्वचालित मूल्य प्रणालीअनुसार तत्काल मूल्य समायोजन गर्न नसकिएको उल्लेख गरिएको छ ।