Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

बुधवार , चैत्र ११, २०८२

पर्सा । चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार, गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।

पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँबराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।

सोही अवधिमा २५ अर्ब ३० करोड रुपैयाँबराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल, २० अर्ब ८५ करोडबराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077