काठमाडौं । सञ्चारगृहको गेटमा गाडी राखेर आतंक मच्चाउ खोजको समाचारप्रति सुजन पौडेलले असहमति जनाएका छन् । अनलाइन नेपाल डटकममा २०८३ असार ३१ गते प्रकाशित समाचारप्रति पौडेलले असहमति जनाएका हुन् ।
अनलाइन नेपालमा ‘अनलाइनखबरको गेटमा पार्किङ आतंक मच्चाउने पौडेल पूर्वगृहसचिवका भाञ्जा’ शिर्षकमा प्रकाशित समाचारमा पौडेलले आफ्नो कुनै पनि संलग्नता नभएको जनाएका हुन् ।
अनलाइन नेपालमा खण्डन पठाउँदै उनले भनेका छन्–‘मिति २०८३/०३/२९ गते बा १२ च ८५४५ नम्बरको सवारीसाधनसँग सम्बन्धित घटनामा मेरो नाम जोडेर विभिन्न अनलाइन मिडियाहरुले प्रकाशित गरेको समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनामा मेरो कुनै पनि संलग्नता नभएको जानकारी गराउन चाहन्छु ।’
