Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेठ १९ गते मिटरब्याज पीडितले धनुषा जिल्ला अदालत घेराउ गर्दै

जेठ १९ गते मिटरब्याज पीडितले धनुषा जिल्ला अदालत घेराउ गर्दै

बिहिवार , जेठ १४, २०८३

धनुषा। मिटरब्याज पीडितहरूले आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले जेठ १९ गते मंगलबार मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा अदालत घेराउ गरिने कार्यक्रम रहेको जानकारी गराएका हुन् ।

बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरूले दुई दिन शान्तिपूर्ण घेराउ गर्ने र न्याय नपाए सडक घेराउ गर्ने बताए ।

महतोले पीडितहरुको विगत १२ दिनदेखि आन्दोलनरत भएपनि राज्यपक्ष आफूहरुका मागप्रति राज्य गम्भीर नभएको आरोप लगाए ।

उनले भने- 'हामीहरु यही जेठ १९ गतेको दिन मिथिला कमाण्डको आयोजनामा धनुषा जिल्ला अदालत घेराउ गर्दैछौँ । आन्दोलनमा आठ हजारदेखि दश हजारसम्म सहभागि हुन्छौँ । हामी विगत १२ दिनदेखि आन्दोलनमा छौँ । १२ दिनसम्म पनि पीडितहरुको कुरा सुनेका छैनन् । पीडितहरुको समस्या नसुनेको कारण अब हामी आन्दोलनलाई अगाडी बढाउँदैछौँ ।'

धनुषा जिल्ला अदालत घेराउका लागि मधेश प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागि हुने महतोले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077