Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

इलाम कारागारमा छापा : ४८ लाखभन्दा बढी नगद बरामद, भारतीय रुपैयाँसमेत भेटियो

इलाम कारागारमा छापा : ४८ लाखभन्दा बढी नगद बरामद, भारतीय रुपैयाँसमेत भेटियो

बुधवार , आषाढ ३१, २०८३

इलाम । इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । कारागार प्रशासनका अनुसार उक्त रकम कारागारका नाइके, चौकीदार र अर्का एक कैदीबाट फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार कारागारभित्र अवैध रूपमा ठूलो रकम राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रशासनका अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो ।

छापाका क्रममा कारागारको ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नेपाली नगद र २४ हजार भारतीय रुपैयाँ बरामद गरिएको उनले जानकारी दिए ।

बरामद रकमको स्रोत र कारागारभित्र यति ठूलो रकम कसरी पुग्यो भन्ने विषयमा प्रशासनले विस्तृत अनुसन्धान सुरु गरेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077