Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माइतीघरमा प्रदर्शन गर्न पुगेका युवक प्रहरी नियन्त्रणमा

माइतीघरमा प्रदर्शन गर्न पुगेका युवक प्रहरी नियन्त्रणमा

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका दुई जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक, काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेका पहिला देश’ अभियानमा आबद्ध दुई जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज मात्रै निकोलस भुसालको नेतृत्वमा रहेको यो अभियानले आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति लगायतसँग मिलेर विभिन्न माग राख्दै माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका थिए।

तर माइतीघरमा आह्वान गरिएको यो प्रदर्शनमा अभियानका नेतृत्वकर्ता भुसाल भने आइपुगेका छैनन्।

नशाको तालमा उनले कार्यक्रमको घोषणा गरेको र त्यसले मुठभेड निम्त्याउने खतरा रहेका कारण त्यसअगावै काठमाडौंका विभिन्न प्रहरी टोली बिहानैदेखि भुसालको खोजी गरिरहेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि नै माइतीघर मण्डला लगायतका स्थानमा कुनै पनि सभा, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरिसकेको छ ।

यस्तै अनुमति नलिई कार्यक्रम गरेमा नियन्त्रणमा लिने जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077