Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सप्तरीमा सर्पको टोकाईबाट दिदी-भाईको मृत्यु

रामनारायण यादव/ सप्तरी । सप्तरीमा सर्पको टोकाईबाट एकै परिवारका दिदीभाईको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्वर २ सिस्वाबेल्हीका १४ वर्षीय सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डलको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिरहाको लहानस्थित रामप्रसाद-उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

सुनीताको उपचारको क्रममा लहानस्थित अस्पतालमा मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077