Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू

एजेन्सी । कतारमा स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ ।

नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गरेका हुन् ।

परियोजनामा मुख्यतया स्मार्ट फोहोर अपशिष्ट व्यवस्थापन, वाहन व्यवस्थापन, कार्य वितरण प्रणाली र एक केन्द्रीय सञ्चालन कमान्ड प्लेटफर्मको कार्यान्वयन समावेश छ ।

यी पहलहरू २०२४-०३० को लागि मन्त्रालयको रणनीति अनुरूप ल्याइएका हुन् ।

परियोजनाको लक्ष्य जीवनको गुणस्तर अनुकूलन, समृद्धि, शहरी आधुनिकीकरण, सेवा उत्कृष्टता र डिजिटल रूपान्तरणमा केन्द्रित छ ।

मन्त्री अतियाहले स्मार्ट सोलुसन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आधुनिक प्रविधिको उपयोग गर्दै मन्त्रालयको सेवाको डिजिटल रूपान्तरण हासिल गर्न यी नयाँ प्रणालीहरूको सुरुवात अभिन्न अङ्ग भएको उल्लेख गर्दै नयाँ र आधुनिक परियोजना र पहलको कार्यान्वयनमार्फत आफ्नो सार्वजनिक सेवालाई सुदृढ गर्न मन्त्रालयको प्रतिबद्धतालाई पुष्टि गरे।

परियोजनाले सवारी साधन र चालकको आवागमन र अनुपालनको निगरानी गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077