एजेन्सी। इजरायलले लेबनानको दक्षिणी क्षेत्रका शहरहरूमा हवाई आक्रमण गरेको छ ।
लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार दक्षिणी क्षेत्रका शहरहरूमा इजरायलले हमला गरेको हो ।
उक्त हवाई आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
विभिन्न सहरलाई निसाना बनाएर गरिएको आक्रमण पछिल्लो समयको सबैभन्दा भीषण बमबारीमध्ये एक रहेको जनाइएको छ ।
इजरायली सेनाले इरान समर्थित हिजबुल्लाहद्वारा गरिएको युद्धविराम उल्लंघनको जवाफस्वरूप कारबाही थालेको जनाएको छ । इजरायल, अमेरिका, जर्मनी तथा अरू केही देशले हिजबुल्लाहलाई आतंकवादी संगठनका रूपमा सूचीकृत गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहबाट उत्पन्न खतरा पूर्ण रूपमा समाप्त नभएसम्म लेबनानमा आक्रमण नरोक्ने बताएका छन् ।
तर, अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानसहितका सबै मोर्चाहरूमा सैन्य कारबाही बन्द हुने उल्लेख थियो।