Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लेबनानमा इजरायली आक्रमण हुँदा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

लेबनानमा इजरायली आक्रमण हुँदा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

शनिवार , फाल्गुण ३०, २०८२

एजेन्सी । दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। 
 
लेबनानी स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार इजरायली आक्रमणले इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन बिन्दुलाई प्रत्यक्ष निशाना बनाएको थियो। यसमा दुई उद्धारकर्ताको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

नाबातिएहमा इजरायली युद्धविमानले अल–राहिबात छिमेकको एउटा घरमा आक्रमण गर्दा एक बालिकासहित ६ जनाको मृत्यु भएको लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। 

दक्षिण सीमावर्ती सहर बिन्त जबेलमा भएको अर्को इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ । भने तटीय शहर गाजिएहमा एउटा भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको ज्यान गएको छ।

यसैबीच शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको छ।

लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्पमा गोला खसेको भनेर समाचार प्रकाशन गरेका छन्। घटनामा मानवीय क्षति नभएको पनि बताइएको छ।  

दूतावासद्वारा जारी विज्ञप्तिमा कुनैपनि नेपाली सैनिक घाइते नभएको उल्लेख गरिएको छ। तर, संयुक्त राष्ट्र संघको शान्ति सेनाको स्थानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा गर्ने सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको कुरामा जोड दिइएको छ। 

अमेरिका र इसराइले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो।

खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ।

त्यसको जबाफमा अमेरिका र इजराइलले पछिल्लो दिनयता लेबननमा आक्रमण तीव्र पारेको छ। यसले चलिरहेको सीमापार द्वन्द्वमा थप वृद्धि भएको संकेत गर्दछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077