Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

पूर्वी लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

सोमवार , फाल्गुण २५, २०८२

एजेन्सी । पूर्वी लेबनानको नाबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ। 

जनस्वास्थ्य मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा जारी विज्ञप्तिअनुसार बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमण गरेको थियो ।

उक्त आक्रमण परि अन्य ४० जना घाइते भएका छन्
 
इजरायलले आक्रमण सुरुगरेसँगै लेबनानका स्थानीय बासिन्दाहरु इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरुसँग सामेल भएका छन्। इजरायली लडाकु विमान र हेलिकप्टरहरूले गाउँ र वरपरका क्षेत्रमा करिब ४० हवाई आक्रमण गरेका थिए। नोभेम्बर २७, २०२४ मा युद्धविराम लागु भएयता हिजबुल्लाहले सोमबार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि  तनाव बढेको हो।

त्यसयता इजरायलले हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ सुरु गरेको छ। यस्तै बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरू खाली गर्न इजरायलले चेतावनी समेत दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077