Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इरानमाथि इजरायलको जवाफी आक्रमण

इरानमाथि इजरायलको जवाफी आक्रमण

सोमवार , जेठ २५, २०८३

एजेन्सी । इजरायलले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण सुरु गरेको छ ।

इजरायली वायुसेनाको आक्रमण लगत्तै इरानको सरकारी टेलिभिजनले देशका प्रमुख सहरहरू शक्तिशाली विस्फोट भएको जनाएको छ । 

इरानी सरकारी सञ्चारमाध्यमहरूले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, 'राजधानी तेहरान, तब्रिज र इस्फहानमा एकपछि अर्को गर्दै कयौँ शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।'

यसका साथै मध्य इरानको 'करज' सहर वरपर पनि ठूला विस्फोटहरू भएका छन्। यसअघि इरानले इजरायलमाथि दर्जनौँ मिसाइलहरू प्रहार गरेको थियो।

सोही हमलाको जवाफी कारबाही स्वरूप इजरायलले इरान भित्रै पसेर यो ठूलो हवाई आक्रमण गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077