Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रविको आह्वानमा सर्वदलीय बैठक सुरु, को-को छन् सहभागी ?

रविको आह्वानमा सर्वदलीय बैठक सुरु, को-को छन् सहभागी ?

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको छ ।

बैठकमा रास्वपा सभापति लामिछानेसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू विपीन आचार्य र दीपक बोहोरा सहभागी भएका छन् ।

नेकपाका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा उपस्थित भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेत्री शाहजान खातुन बैठकमा सहभागी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र सांसद खुश्बु ओली पनि बैठकमा सहभागी भएका छन्।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई अध्यक्ष वा सभापतिसहित दुई–दुई जना सहभागी गराउने आमन्त्रण गरिएको थियो।

तर, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्व भने बैठकमा उपस्थित भएनन्। एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर सिंहदरबार पुगेका छन्।

यसैबीच, विपक्षी दल श्रम संस्कृति पार्टीका तर्फबाट भने बैठकमा कुनै प्रतिनिधि सहभागी नभएको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077